कपिलवस्तुको चन्द्रौटामा ब्लुस्काई रेष्टुरेन्ट एण्ड बार सन्चालनमा
कपिलवस्तु–कपिलवस्तुको चन्द्रौटामा नयाँ व्यवस्थापन सहित ब्लुस्काई रेष्टुरेन्ट एण्ड बार सन्चालनमा आएको छ । शिवराज नगरपालिकालको नगरप्रमुख अजय थापाले एक कार्यक्रम विच ब्लुस्काई रेष्टुरेन्ट एण्ड बारको उदघाटन गर्नुभयो ।
ब्लुस्काई रेष्टुरेन्ट एण्ड बारको उदघाटन गर्दे मेयर थापाले होटलमा बलश्रम नगर्न, सरसफाईमा विशेष ध्यान दिनु पर्ने बताउनुभयो । युवा व्यवासायी नफिस अहमद खाँनले सन्चालनमा ल्याएको ब्लुस्काई रेष्टुरेन्ट एण्ड बारमा ताजा नास्ता खाना पाइने बताउनुभयो ।
विभिन्न देशमा रेष्टुरेन्ट एण्ड बार सन्चालन गरी अनुभव संगालेका खानले नेपाली, इन्डीयन र चाइनिच परिकार बनाउने बताउनुभयो । होटल उदघाटन कार्यक्रममा युवानेता रहिश शाह, इकरार अहमद खान, इन्तेफाक अहमद खान, बल्डलिंक चन्द्रौटा शाखा प्रमुख अरफात देवान, समशाद खान लगायको सहभागीता रहेको थियो ।
निशुःल्क होम डेलिभरीका हुनका साथै खाजा नास्तामा २० प्रतिशत छुटको समेत व्यवस्था रहेको सन्चालक नफिस अहमद खानले बताउनुभयो ।
चन्द्रौटाको आलोक होटल नजिकै खुलेको रेष्टुरेन्ट तथा बारमा आधा दर्जन नेपालीले रोजगारी पाएका छन् ।

