Connect with us
Kapilvast Forest

जुम्लामा मतदान केन्द्र जादै गरेको जीप दुर्घटना, ३ जना घाइते

२०७९, १ मंसिर बिहीबारमा प्रकाशित

जुम्लामा मतदान केन्द्रतिर जादै गरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका- ४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो ।

उनका अनुसार घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । दुर्घटनामा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी गम्भीर घाईते भएका छन् ।

सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र एक जना प्रहरी कर्मचारी सामान्य घाइते रहेका प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीले जानकारी दिए ।
प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका-७ जनजागृति मावि ताम्तीमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने सहितको ८ जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu