Connect with us
Kapilvast Forest

जसपा कपिलवस्तुको निर्वाचन समिक्षाः घात गर्नेलाई कार्वाही गर्ने

२०७९, २४ मंसिर शनिबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले निर्वाचनको बारेमा समिक्षा गरेको छ । जसपा कपिलवस्तुले कपिलवस्तु क्षेत्र नं ३ को सम्पुर्ण चुनावी समिक्षा गरेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताउनुभयो । पार्टीलाई घाट गर्नेलाई कार्वाही प्रक्रिया आगाडी बढाउने निर्णय गरेको यादवले जानकारी दिनुभयो ।

मंसिर ४ गते सम्पन्न चुनावको चुनावी समिक्षा बैठक बिजयनगरको खडैचा पार्टी कार्यलयमा सम्पन्न गरेको प्रदेश अध्यक्ष यादवले बताउनुभयो । समिक्षा बैठकले शान्तीपुर्ण निर्वाचन सम्पन्न भएको निष्कर्ष निकालेको छ । त्यस्तै विजयनगर गाँउपालिकाको वडा सदस्य माधुरी लोहरको निधन प्रती हार्दिक श्रद्धान्जाली अर्पण गरेको छ ।

जसपाले कपिलस्तुमा प्रतिनिधी सभा सदस्य तर्फ कुनै उम्मेदवार उठाएको थिएन । जसपा नेपाल कपिलवस्तुले प्रदेश तर्फ कपिलवस्तु क्षेत्र नं १ को (२), २ को (२) र ३ को (२) मा मात्र उम्मेदवार उठाएको जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी थियो ।

कपिलवस्तु क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षमा बसेको बैठकमा केन्द्रिय सदस्य राम बराण यादव, जसपा नेता अकरम पठान, अजित सिंह, शिव पुजन यादव, मेवालाल, लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj