मायादेवीका गरिब, हिंसा पिडितलाई नगद सहित कम्बल वितरण
नुर मोहम्मद खान-
कपिलवस्तु- अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सिद्धार्थ समाजिक विकास केन्द्रले पिडित महिलाहरुलाई नगद तथा कम्बल वितरण गरी सम्मान गरेको छ ।
सिद्धार्थ समाजिक विकास केन्द र आई एम स्वीडिस डेपलेपमेन्ट पार्टनरको संयुक्त साझेदारीद्धारा संचालित रुपान्तरण परियोजनाबाट न्यानो कम्बल वितरण गरिएको हो। अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैंिगक हिंसा विरुद्धको अभियान अन्तरगत मानव सेवा कार्यक्रमले सो सम्मान गरेको छ ।
मायादेवी गाउँपालिका आरती कलवार कम्बल तथा शुद्धोधन गाउँपालिकाको सम्झना हरिजनलाई नगद रु ५ हजार, एलिना थारुलाई ५ हजार वितरण गरिएको हो । त्यस्तै मन्ना मल्लाह, रिमा कहाँरलाई कम्बल वितरण गरिएको हो । उक्त कार्यक्रममा रुपान्तरण परियोजनाको कार्यक्रम संयोजक धनेश्वरी घर्ति मानव अधिकार एलाइन्सको केन्द्रीय सदस्य तथा सिद्धार्थ समाजिक विकास केन्द्रका रुपान्तरण परियोजनाको फोकल पर्सन रोम कान्त घिमिरे, शुद्धोधन गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष तिलक राम यादवको रोहवरमा सामग्री वितरण गरिएको हो ।