चन्द्रौटा महोत्सवमा कुटाकुट
न्युज सेन्टर नेपाल–
कपिलवस्तुको चन्द्रौटामा जारी सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव-२०७९ मा कुटाकुट भएको छ । महोत्सव हेर्न आएका युवाहरुको दुई समूह विच कुटाकुट भएको हो ।
शनिबार सांझ चन्द्रौटा र चनई, खरेन्द्रपुरका युवाहरू विच सामान्य विषयमा विवाद हुँदा कुटपिट भएको प्रहरीले जनाएको छ ।
कुटाकुट पछि प्रहरीले तीन जना युवाहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चन्द्रौटा जनाएको छ । कुटपिटबाट एक युवा घाइते भएका थिए । घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार गरि पठाइएको छ ।
कुटपिट हुदा मोबाइल लगायतका सामाग्री हराएको युवाहरुले जानकारी दिएका छन ।
कुटपिटका विषयमा आज विहान ११ बजे वडा प्रहरी कार्यालयमा छलफल हुने बुझिएको छ ।