Connect with us
Kapilvast Forest

दाङ देउखुरीमा सबै मन्त्रालय स्थापना, २१ पुसभित्रै शपथ

२०७९, १० पुष आईतवारमा प्रकाशित

लुम्बिनी प्रदेश सरकार स्थायी राजधानी दाङ स्थानान्तरणको काम धमाधम भइरहेको छ । प्रदेश सरकार नै स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्ने गरी अहिले मन्त्रालय स्थापनादेखि संसद भवन सिंगारपटारको काम चलिरहेको छ ।

गत मंसिर २८ गते मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शुभारसम्मसँगै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु दाङ ल्याउने काम भइरहेको छ । अहिले स्थायी राजधानी देउखुरीमा प्रदेश सरकार बसाल्नका लागि मन्त्रालयहरु स्थापना गरिएका छन् ।

पूर्वाधार विकास प्राधिकरणका अनुसार स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश सरकारका १३ वटा मन्त्रालयमध्ये ६ वटा मन्त्रालय प्रशासनिक परिसरभित्र र बाँकी ७ वटा मन्त्रालय परिसर बाहिर स्थापना गरिएका छन् । राप्ती गाउँपालिमा रहेको तत्कालिन राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सरकारको प्रशासनिक केन्द्र्र रहनेछ ।

‘मुख्यमन्त्री कार्यालयसँगै ६ वटा मन्त्रालय भित्र हुनेछ’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले भने, ‘बाँकी मन्त्रालयहरु बाहिर सरकारी भवनमा राखिनेछ ।’ उनले प्रदेश सरकार सञ्चालनका लागि सबैजसो मन्त्रालय स्थापना गरेर आन्तरीक व्यवस्थापनको काम भइरहेको बताए ।

स्थायी राजधानी देउखुरीमा मंसिर २८ मा मुख्यमन्त्री कार्यालय र त्यसअघि दुई वटा मन्त्रालय यसअघि नै स्थापना भइसकेका थिए । बाँकी रहेका ११ वटा मन्त्रालय पनि राजधानीमा स्थापना गरी अस्थायी मुकामबाट सामान सार्ने र व्यवस्थापनको काम चलिरहेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका उनका अनुसार लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँगै पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना गरिएको छ ।

बाँकी रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय र स्वाथ्य मन्त्रालय प्रशासनिक केन्द्र बाहिर स्थापना गरिएको छ ।

प्रदेश पूर्वाधार प्राधिकरणका अनुसार राप्ती गाउँपालिका वडा नं. १ को कार्यालय भालुबाङमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वडा नं. २ को कार्यालयमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय र गाउँपालिकाको कार्यालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय राप्ती स्थापना गरिएको छ ।

त्यस्तै राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालयमा शिक्षा तथा खेलकुद मन्त्रालय, वडा नं. ८ मा शिक्षा तथा खेलकुद मन्त्रालय वडा नं. ५ मा स्वास्थ्य मन्त्रालय कार्यालयमा स्थापना गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय भने लमही नगरपालिका वडा नं. १ स्थित छात्रावासमा स्थापना गरिएको छ । मन्त्रालय राखिएको वडा कार्यालयलाई भने अनेत्र सारिएको छ ।

प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले स्थापना गरिएको मन्त्रालयमा बोर्ड टाँङ्ने, कार्यालय भवन तयार पार्ने, फर्निचर मिलाउने जस्ता आन्तरीक व्यवस्थापनको काम चलिरहेको बताए । उनले मन्त्रालयहरु पूर्णरुपमा सञ्चालन आउन भने अझै केही समय लाग्ने बताए ।

यता, मन्त्रालयसँगै प्रदेश सरकारका विभाग तथा निर्देशनालय स्थापना गर्ने काम पनि तीव्र पारिएको छ । राजधानी स्थान्तरण हुँदै गर्दा सुरुमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सारियो । त्यसले राजधानी कार्यान्वयन गर्न राजधानीको गुरुयोजना तयार गर्ने र पूर्वाधार तयार गर्ने काम गर्‍यो । त्यसपछि क्रमशः सहकारी दर्ता अधिकारीको कार्यालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय मसुरियामा, स्वास्थ्य निर्देशनालय भालुबाङमा राखियो ।

अहिले प्रदेश योजना आयोगको कार्यालय र मुख्य न्यायाधिवक्ताको कार्यालय पनि प्रशासनिक केन्द्र भित्र स्थापना गरिएका छन् । प्रदेश लेखा नियन्त्रकको कार्यालय राप्ती गाउँपालिका कार्यालयमा स्थापना गरिएको छ ।

प्रदेश सभाका लागि अन्तिम तयारी

लुम्बिनी प्रदेश सभाको बैठक पनि स्थायी राजधानी दाङमा बस्दैछ । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन भित्रै ५ करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन पनि सञ्चालनको अन्तिम तयारी अवस्थामा छन् । स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरुलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ ।

जसका लागि अहिले प्रदेश सभा भवन सिंगारपटार गर्ने काम भइरहेको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले नवनिर्मित प्रदेश सभा भवनबाटै सदन चलाउने तयारी सहित काम अघि बढेको बताए । प्रदेश प्रमुखबाट संसद बैठक आह्वान हुने र त्यसपछि सभा सदस्यको शपथग्रहण र संसदको पहिलो बैठक बस्ने उनले बताए । ‘अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ यहीँ राख्ने योजना छ’ उनले भने ।

उनले संविधानतः प्रदेशसभाको अधिवेशन पुस २१ भित्र बोलाइसक्नु पर्ने र त्यसपछिमात्र प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने बताए । उनले पुस १५ गतेदेखि २१ गतेकोबिचमा शपथ ग्रहण हुने जानकारी दिए ।

उनका अनुसार अहिले प्रदेश सभा भवनभित्र कार्पेट बिच्छ्याउने काम, कुर्सी राख्ने काम, रोष्टम बनाउने काम भइरहेको छ । यता, प्रदेश सभा सचिवालय तयार पार्ने र संसदीय दलको कार्यालय व्यवस्थापनको काम पनि चलिरहेको छ । प्रदेश सभा सचिवालयको सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेशसभा सचिव पुनले बताए । जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu