Connect with us
Kapilvast Forest

मुख्यमन्त्रीहरुको भेला देउखरीमा गर्ने तयारी

२०७९, १० पुष आईतवारमा प्रकाशित

देशभरका मुख्यमन्त्रीहरु लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा भेला हुने भएका हुन् ।

पुस १५ गते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्रीहरूको सम्मेलन हुन थालेको हा् । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन सम्मेलन आयोजना गर्न थालिएको हो ।

सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारीसमेत अगाडि बढाएको छ । प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर मुख्यमन्त्रीहरूको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिनुभयो ।

पाँचवर्षे कार्यकालमा प्रदेश सरकारहरूको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिन पनि सम्मेलन आयोजना गर्न खोजिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री शर्माले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu