Connect with us
Kapilvast Forest

नवनियुक्त प्रधानमन्त्री दाहाललाई छिमेकी मित्रराष्ट्रले दिए बधाइ

२०७९, ११ पुष सोमबारमा प्रकाशित

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मित्रराष्ट्रले बधाइका साथै सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाइ दिएका हुन्।

भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताएका छन्।