Connect with us
Kapilvast Forest

सिके राउत भन्छन्- सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ

२०७९, ११ पुष सोमबारमा प्रकाशित

काठमाडौं -जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको टिप्पणी गरेका छन् ।

आइतबार दिउँसो बालकोट पुगेका थिए राउत । उनी नेतृत्वको पार्टीको समर्थनसहित माओवादी अध्यक्ष प्रचण्ड प्रधामन्त्री नियुक्त भएका छन् ।

सत्ताको पहिलो कक्षाबाट विरक्त लागे पनि काँधमा जनताको अपेक्षा र जिम्मेवारी भएकै कारण आफू बाध्य भएर सत्ताको खेलमा लागेको आशय उनले पोखेका छन् ।

आइतबार दिउँसो बालकोट बैठकमा बसेका राउतले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास (आज) मै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस् म त सुनिरहें ।’

राउत यतिमै रोकिंदैनन् उनी अगाडि लेख्छन्, ‘काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर, आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu