Connect with us
Kapilvast Forest

महोत्सवमा ज्यानै गयो भने जिम्मेवार को हुन्छ ?

२०७९, १३ पुष बुधबारमा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा जारी सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा युवाहरु विच विवाद हुदा एक युवकको दाता भाचिएको छ । सोमबार साझ मेलाबाट फर्किदै गर्दा युवाहरुको समुह विच विवाद भएको थियो । विबाद हुदा युवाहरुविच हानाहान समेत भएको थियो । विवाद गर्ने केहि युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त घटना बारे माओवादी केन्द्रका नेता दिनेश पुनले समाजिक सन्जालमा मेला असुरक्षित भएको लेख्नुभएको छ । उहाले चेम्बर अफ कमर्स कपिलवस्तुको आयोजनामा संचालित ७ औं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०७९ अवलोकन गर्न आउने जन–मानसलाई निर्भयता पुर्वक आवत जावत गर्ने सुरक्षाको ब्यबस्था कस्ले गर्ने हो ? भनेर प्रश्न गर्नुभयो ।

पुनले प्रहरी, नगरपालिका, आयोजक र महोत्सवको ठेकदार पक्षलाई समेत प्रश्न चिन्हको घेरा भित्र राख्नुभयो । नगर अध्यक्षले लेख्नुहुन्छ झगडा नगराएर मान्छे नलडाएर चन्द्रौटामा महोत्सव नहुने नै हो ? कुनै दिन मान्छेको ज्यानै गयो भने महोत्सवको ईज्जत् कहाँ जान्छ ? यस्को हेक्का कसैलाई छ की छैन ? खोई सरोकार वालाको ध्यान गएको ? ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu