Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशसभाको बैठक पुस १८ गते आह्वान

२०७९, १४ पुष बिहीबारमा प्रकाशित

लुम्बिनी-लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गतेका लागि आह्वान गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गते गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो एक बजेका लागि दाङको देउखुरीमा प्रदेश सभाको बैठक आह्वान गर्नुभएको हो । यसै गरी प्रदेश सभाका सदस्यहरूलाई पुस १७ गते शपथ गराउने तयारी भइरहेको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) को अध्यक्षता बसेको मन्त्रिपरिषद्को बैठकले सांसदहरूको शपथ ग्रहणका लागि १७ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने गरी प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu