Connect with us
Kapilvast Forest

जाडोमा रक्सी पिउँदा ज्यान तात्छ ?

२०७९, २० पुष बुधबारमा प्रकाशित

madira

काठमाडौं- जाडोयाम, शरीर न्यानो बनाउने सकस । तातो पानी, चिया-कफी पिइरहँदा पनि केही हदसम्म जाडो कम भएको महसुस हुन्छ । अझ मदिरा सेवन गरे जाडो भाग्छ भन्ने धेरैलाई लाग्छ । जाडोयाममा रम, ह्विस्की जस्ता मदिराको माग बढेको पाइन्छ । विभिन्न वैज्ञानिक अध्ययनअनुसार पनि जाडोको मौसम र बढी जाडो हुने स्थानमा मदिरा सेवन बढी हुने गरेको छ ।

के साँच्चै जाडोमा रक्सी पिउँदा चिसोको प्रभाव कम हुन्छ ? मदिरा पिउँदा मान्छेले कसरी न्यानो भएको अनुभव गर्छन् ?

रक्सी पिएपछि छालाको तहमुनिका नसा केही फुलाउने र रक्तप्रवाह अलिकति बढेर केही समय तातो महसुस हुन थाल्ने न्युरो सर्जन तथा न्युरो इन्टरभेन्सनालिस्ट डा. मनोज बोहरा बताउँछन् । उनका अनुसार मदिरा सेवनले शरीरको तापक्रम परिवर्तन हुने नभई यस्तो महसुस मात्र हुन्छ ।

‘रक्सीको सेवनले जाडोमा तातो हुन्छ भनेर यसको सेवन गर्नु भने गलत हो । एक छिन तातो महसुस भए पनि यसले शरीरको विभिन्न अंगमा असर गरिरहेको हुन्छ,’ उनी भन्छन् । जाडोमा मस्तिष्कघात र हृदयघातको समस्या बढी देखिने गर्छ । यसको एउटा कारण जाडोमा बढी रक्सी सेवन पनि हुन सक्ने बोहोरा बताउँछन् ।

रक्सी पिएपछि रक्तनली सुन्निने र न्यानो भएको महसुस हुन्छ । न्यानो हुन्छ भनेर मदिरापान गर्दा कलेजो र मुटुको समस्या निम्तिन सक्ने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् ।

‘मदिरापान गर्ने बित्तिकै रक्तनलीहरुमा एक प्रकारको प्रतिक्रिया हुन्छ । जसले मुटुको चालमा गडबडी गराउँछ, उनी भन्छन्, ‘रगत पातलो गर्ने औषधि सेवन गर्नेहरूले मदिरापान गर्दा औषधिको प्रभाव कम हुन्छ ।’

लामो समयसम्म मदिरापान गर्दा वा धेरै मदिरापान गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्छ । ‘तर मैले त थोरै मात्र मदिरापान गर्छु, महिनामा एक पटक मात्र । त्यसैले मलाई खासै असर गर्दैन भन्ने जुन धारणा छ त्यो गलत हो,’ डा. ठाकुर भन्छन् ।

‘पछिल्लो समय भएको विभिन्न अध्ययनअनुसार थोरै मात्रामा मदिरापान गर्दा वा कहिलेकाहीं मात्र मदिरा सेवन गर्दा पनि मुटु र कलेजोमा असर गर्छ, त्यो असर लामो समयसम्म रहन्छ भनिएको हो,’ उनी थप्छन् ।

कुनै व्यक्तिले वर्षमा दुई–तीन पटक मात्र मदिरापान गर्छ, तर मात्रा बढी हुन्छ भने मुटुको चालमा गडबडी गर्छ । थोरै मात्रामा लामो समयसम्म मदिरापान गर्ने व्यक्तिमा रक्तचाप, कोलेस्टेरोल बढ्ने र मोटोपनको समस्या पनि देखिने डा. ठाकुर बताउँछन् ।

‘मुटुको समस्या भएको व्यक्तिले मदिरापान गर्दा खतरा झन् बढ्छ । मुटुको चाल गडबड हुने, कोलेस्टेरोल बढ्ने र हृदयघात हुने सम्भावना पनि बढ्छ,’ उनी भन्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu