Connect with us
Kapilvast Forest

सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

२०७९, २१ पुष बिहीबारमा प्रकाशित

जनकपुरधाम-सर्लाहीको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा छन् ।

बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुरस्थित भित्रि सडकखण्डमा बी.आर.०१ बी ५९१७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका उनको उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu