Connect with us
Kapilvast Forest

नेपालले इंग्ल्याण्डको ‘सी’ टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौ । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्याण्डको ‘सी’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ। मैत्रीपूर्ण खेलका रुपमा नेपालले इंग्ल्याण्ड ‘सी’सँग प्रतिस्पर्धा गर्न लागेको अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ।

यो खेल सन् २०२० को मे २० तारिखमा हुनेछ। एल्डरसट टाउन एफसीको मैदानमा खेल हुनेछ।

इङ्ल्यान्डको नेशनल लिग सिस्टम तथा फुटबल अप्रेसन डिभिजनका प्रमुख लरेन्स जोन्स र बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको पहलमा यो खेल हुन लागेको एन्फाले जनाएको छ।

यसैगरी नेपालले आगामी महिना म्यानमारसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने भएको छ। यो खेल आगामी नोभेम्बर ७ तारिखमा हुनेछ। यो खेल म्यानमारको मन्डालेमा आयोजना हुनेछ। विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको तयारीका लागि नेपालले म्यानमारसँग खेल्न लागेको हो।

विश्वकपको एसियाली छनोटको दोस्रो चरणमा नेपालले अब घरेलु मैदानमा कुवेतसँग खेल्दैछ। तीन खेल खेलिसकेको नेपालको केवल तीन अंक छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu