Connect with us
Kapilvast Forest

माघ २ गतेदेखि मतदाता नामावली संकलन

२०७९, २५ पुष सोमबारमा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।

साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम स्थगित भएको थियो । आगामी माघ २ गतेदेखि ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ ।

बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन गर्न सकिने आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu