Connect with us
Kapilvast Forest

आज पृथ्वी जयन्ती मनाइँदै, सरकारले दियो बिदा

२०७९, २७ पुष बुधबारमा प्रकाशित

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी बुधबार मनाउन लागिएको हो। तत्कालीन अवस्थामा गोरखाका राजा रहेका पृथ्वीनारायण शाहले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाए। सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदैछ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

राप्रपाले पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने माग सरकारसँग राखेको थियो। न्यूनतम साझा कार्यक्रम पेश गर्दा राप्रपाले पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने प्रस्तावसमेत राखेको थियो।

राप्रपाले आज देशैभर कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउँदैछ। पृथ्वी जयन्तीमा आज गोरखामा पनि विशेष कार्यक्रम छ, पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम पनि छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu