Connect with us
Kapilvast Forest

योग र ध्यान विज्ञान हो, नेपालको गौरव हो: प्रधानमन्त्री

२०७९, १ माघ आईतवारमा प्रकाशित

काठमाडौँ, माघ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र ध्यान विज्ञान भएको बताउनुभएको छ । आइतबार बिहान राष्ट्रिय योग दिवस २०७९ दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘योग र ध्यान पूर्वीय दर्शन र सभ्यताको आधारशिला मानिन्छ । नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामीलाई गौरवको अनुभूति हुन्छ । हाम्रा सांस्कृतिक धरोहरमा पनि योगमा आधारित विशेषता पाइन्छन्। नेपालमा योग र ध्यानको परम्परा धेरै पुरानो छ। योग र ध्यान विज्ञानमा आधारित छ। त्यसबाट पनि यसको महत्त्व थप प्रस्ट हुन्छ।’’

‘‘पूर्वीय सभ्यताको रूपमा रहेको योगलाई जीवन विज्ञान र जीवन शैलीको रूपमा निरन्तरता दिन प्रत्येक वर्षको मकर संक्रान्तिलाई नेपालको राष्ट्रिय योग दिवसको रूपमा मनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७२। साउन २८ मा निर्णय भएअनुसार प्रत्येक वर्ष हामीले यो दिवस विभिन्न नाराहरूका साथ मनाउँदै आएका छौँ’’ प्रधानमन्त्रीले भन्नुभयो।

‘‘संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाउन सुरु गरिएकाले हामी नेपालमा जुन २१ लाई संयुक्त राष्ट्र सङ्घको सदस्यको रूपमा अन्तर्राष्ट्रिय नारामा रहेर अन्तर्राष्ट्रिय योग दिवसको रूपमा पनि मनाउँदै आइरहेका छौँ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्म प्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ।’’

‘‘योग दर्शन पूर्वीय समाजले संसारलाई दिएको सबैभन्दा सुन्दर र अलौकिक उपहार हो। नेपाल योगको भूमि हो र यो योग धरोहर हो। नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘तनावमुक्त शान्त मन, रोग मुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहन्छ। मैले संसारका विकसित भनिएका मुलुकहरूसमेत भौतिक रूपमा सम्पन्न भए पनि मनोवैज्ञानिक रूपमा तनावमा भएको देखेको छु। त्यसैले हामीलाई भौतिक सम्पन्नताले मात्र पुग्दैन, मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पनि योग र ध्यान अति आवश्यक छ।’’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu