Connect with us
Kapilvast Forest

सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार हुन्छ : जनार्दन शर्मा

२०७९, ७ माघ शनिबारमा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको छ। शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलसँग छलफल गरेपछि उम्मेदवारको टुङ्गो लाग्ने बताउनुभयो।

उहाँले कांग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको जानकारी गराउनुभएको हो। उहाँले सरकारमा भएका दलले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘अब केही दिनपछि एजेण्डा राष्ट्रपतिमा प्रवेश गर्छ। पार्टीमा छलफल हुन्छ। सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ। छलफलपछि मात्रै को हुन्छ भन्न सकिन्छ। गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतःस्फुर्तः छ।

कांग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन। सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो। भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ। गठबन्धनमा अहिले बहुमत छ। सरकारमा भएका दलले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ।’’

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने दाबी गर्नुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu