Connect with us
Kapilvast Forest

रास्वपाले संगठन विस्तार गर्दै, प्रदेश समिति पुनर्गठन गर्ने

२०७९, ९ माघ सोमबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभयान चलाउने भएको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय रास्वपाले गरेको छ ।

यही माघ महिनाभित्र सबै प्रदेशमा विस्तारित बैठक गरी प्रदेश समितिको पुनर्गठन गर्ने निर्णय गरिएको प्रवक्ता मुकल ढकालले जानकारी दिए । बैठकले प्रदेश समितिको विस्तारित बैठकको मिति पनि तय भईसकेको छ ।

माघ १४ गते प्रदेश १ को विराटनगर, १६ गते मधेश प्रदेशको जनकुपुर, १८ गते बागमती प्रदेशको मकवानपुर, २१ गते गण्डकीको पोखरा, २४ गते लुम्बिनीको दाङ, २६ गते सुदूरपश्चिमको धनगढी र २८ गते कर्णालीको सुर्खेतमा बैठक बस्ने तय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu