रोल्पा चलचित्र छायांकनका लागि- भर्जिन ल्याण्ड
रोल्पा- चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायांकनका लागि रोजाईमा पार्न सकिने उनीहरुको भनाई छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरेको बृहत चलचित्र बहस चलचित्र निर्देशक ऋषिराज आचार्यले रोल्पा चलचित्र छायांकनका लागि उपयुक्त ठाउँ भएको जानकारी गर्नुभयो । भौगोलिक हिसाबले टाढा हुँदा आर्थिक लगानी बढी लगाउनुपर्ने हुँदामात्रै रोल्पा चलचित्र छायांकन स्थल बन्न नसकेको उनको धारणा रहेको थियो ।
जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पामा छायाँकनस्थल निकै सुन्दर छन् उनले भने फिल्म सुटिङका लागि दुरीका हिसावले टाढा भएकाले पनिअहिलेसम्मचलचित्रकर्मीको नजरमा नपरेको होला ।सरकारले चलचित्र छायांकनका लागि केहि लगानी गर्न सकेपछि निर्माता निर्देशक पनि रोल्पाका लागि लगानी गर्न तयारी रहेको उनले बताए ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय पूर्व अध्यक्ष शान्ति प्रियले चलचित्रका निर्माता निर्देशकले फिल्मको कथावस्तु अनुसार छायांकनस्थल छनोट गर्न नसकेको बताए । फिल्मको कथावस्तु अनुसारका छायांकनस्थल पर्न सकेको छैन् शान्तिले भने रोल्पाजस्तो सुन्दर ठाउँ अब फिल्मकर्मीको नजरमा पर्नुपर्छ यसका लागि फिल्मकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ ।
अभिनेता रमित ढुंगानाले रोल्पा चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए । एकसय बढी चलचित्रमा अभिनय गरिसकेका ढुंगानाले अहिलेसम्म चलचित्रको कथावस्तु अनुसार छायांकन स्थल पर्न नसकेको अनुभूति भएको धनारणा राखेका थिए । परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले रोल्पा चलचित्रको पर्दामा समेटिन नसक्नुमा समन्वयको अभाव खट्किएको बताए ।
उनले अब चलचित्र छायांकनस्थलको रुपमा रोल्पालाई गराउन सकेपछि स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा फिल्मर्कीले रोल्पा चलचित्र छायांकनका लागि भर्जिन ल्याण्ड रहेको बताएका छन् ।