Connect with us
Kapilvast Forest

हिमाली गाउँपालिकाकाे ११ औं हिउँदे गाउँ सभा सम्पन्न

२०७९, ९ माघ सोमबारमा प्रकाशित

बाजुरा-  जिल्लाको हिमाली गाउँपालिकाको ११ औं हिउँदे गाउँसभाको बैठक सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७९÷०८० का लागि पालिकाका विभिन्न योजनाहरु सम्पन्न गर्नका लागि बजेट संसोधन तथा विभिन्न ४ वटा ऐन कानुन निर्माण जारी गरेको छ ।

स्वास्थ्य,शिक्षा कृषि, जडीबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार दिर्घकालिन दृष्टिकोण सुसासन र गरिवी निवारण समृद्ध हिमालीको अ आधार भन्ने मुल अभियानका साथ गाउँ सभा सम्पन्न भएको हिमाली गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष तथा प्रबक्ता भिमानन्द पाण्डेले बताए ।

गोबिन्द बहादुर मल्लको सभा अध्यक्षतामा सम्पन्न गाउँसभामा हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की सातै वडा अध्यक्ष वडा सदस्य गाउँ कार्यपालिका सदस्य पालिकाका शाखा प्रमुख लगायत सबै कर्मचारी सहित पत्रकार लगायत उपस्थिति भएको थियो ।

हिमाली गाउँपालिकाको सार्बजनिक खरिद निमावली २०७९, अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य संचालन कार्यविधि २०७९, सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा निर्देशिका कार्यविधि २०७९, लगायत गाउँ सभा बाट सर्व सहमतिमा पारित गरिएको हिमाली गाउँकार्यपालिका प्रवक्ता भिमानन्द पाण्डेले जानकारी दिनुभयो।

गाउँ सभा असोज महिनामा भएको अविरल वर्षाले गरेको सबै वडा बस्तीमा पु¥याको छेति ग्रस्त बिपत व्यवस्थापन रकमान्तर गरिएको गरेको छ । गाउँ सभा पारित गरेको कार्यविधि लाई कार्यनयन गर्ने गाउँपालिका प्रतिनिधि तथा कर्मचारी विशेष जोड दिनुपर्ने छ। गाउँपालिका सुखी हिमाली र समृद्धि हिमाली बनाउन हामी सबैको हातेमालो तिव्र गतिमा रहनुपर्ने रहेकोे गाउँपालिका अध्यक्ष अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

गाउँपालिकाले शिक्षा,स्वास्थ्य,खानेपानी,भौतिक पूर्वाधार, विपद व्यवस्थापन,संस्थागत विकास जस्ता क्षेत्रमा अपुगहुने रकमलाई संसोधन गरेको हो । अध्यक्ष मल्लले सबै ऐन–नियम सभाले सर्वसम्मत निर्णय गर्दै पारित गरेको बताउनु भयो । गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले सभाले पारित गरेका ऐन गाउँपालिकाको राजपत्रमा प्रकाशन गरेर तत्काल कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu