Connect with us
Kapilvast Forest

राष्ट्रपतिमा उम्मेदवारी दिने र सहमति खोज्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

२०७९, ९ माघ सोमबारमा प्रकाशित

नेपाली- कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ।कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताउनु भयो।

नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भयो उनले भने यसका लागि उम्मेदवार दिनुअगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू हामी छलफल गर्छौं। सकेसम्म सर्वसम्मत गर्नेछौ।

बैठकमा विशेष गरी आउँदो राष्ट्रपतिको चुनावलाई केन्द्रीत भएरै छलफल भएको बताए। समयमै राष्ट्रपति निर्वाचन हुनुपर्ने भन्दै उनले कुनै पनि कारणले चुनाव पछि सार्न नहुने अडानमा कांग्रेस रहेको जनाए ।

कुनै कानुनी ऐनमा समस्या भए समयमै समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन हामीले सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छौ उनले भने यसबारे निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराएका छौ। उनले राष्ट्रपतिमा सकेसम्म सबै दलको सहमति लिन आफूहरू लागि परेको प्रवक्ता महतले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu