Connect with us
Kapilvast Forest

छापिन्छन् तर बाँडिँदैनन् राष्ट्रिय परिचयपत्र

२०७९, ९ माघ सोमबारमा प्रकाशित

काठमाडौँ-   राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन। अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन्।

हालसम्म सात लाख जनाको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ सम्पन्न भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ। विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र वितरणभन्दा पनि विवरण सङ्कलन कार्यलाई विभागले प्राथमिकता दिएकाले छपाइ अनुसारको कार्ड वितरण हुन नसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो विभागको अहिले मुख्य काम विवरण सङ्कलन हो। सङ्कलन कार्य सम्पन्न नभएसम्म कार्ड बाँड्ने काम प्राथमिकतामा पर्दैन, प्राथमिकतामा राख्न मिल्दैन पनि।
परिचयपत्रका लागि देशैभर विवरण सङ्कलन गरिए पनि अहिले वितरण कार्य भने सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालय तथा काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट मात्र गरिएको छ।

२०७५ मङ्सिर ३ गते पाँचथरको फिदिम नगरपालिका–४, शान्तिपुरकी १०१ वर्षीया वृद्धा भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर थालिएको थियो। ढकालका अनुसार अहिले विभागले मुलुकभर एक हजार ६८ केन्द्रबाट विवरण सङ्कलन गरिरहेका छन्।

अहिले नै ती केन्द्रले विवरण सङ्कलनको सट्टा कार्ड वितरण गर्न थाल्ने हो भने सङ्कलन कार्य अवरुद्ध हुनसक्छ। व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको कार्डभन्दा पनि त्यसको नम्बर आवश्यक रहेको बताउँदै निर्देशक ढकालले भन्नुभयो कार्ड बोके पनि प्रयोग हुने त्यसको नम्बर नै हो।

कार्डको फोटोकपी होइन। विवरण सङ्कलनको समयमा जुन नम्बर दिइन्छ, त्यही नम्बर कार्डमा पनि हुन्छ। त्यसैले नम्बर पाउनु भनेको कार्ड पाउनुसरह नै हो। हाल राष्ट्रिय परिचयपत्रको नम्बर राहदानी बनाउनका लागि अनिवार्य छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu