Connect with us
Kapilvast Forest

मायादेवी र तिलौराकोटका पदाधिकारीले सपथ लिए

२०७९, १० माघ मंगलवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको तिलौराकोट र मायादेबी साझेदारी वनमा हालै निर्वाचित पदाधिकारीको प्रमाण पत्र बितरण र सपथग्रहण कार्यक्रम तौलिहवामा संपन्न गरिएको छ । सो अवसरमा तिलौराकोट साझेदरी वनमा निर्वाचित ३४ र मायादेबी साझेदारीमा निर्वाचित २३ जनालाई प्रमाण पत्र बितरण पछि सपथ खुवाइएको थियो ।

सा अवसरमा लम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरे, संबृद्धिकालागि वन वन परियोजनाका वातावरण बिज्ञ दामोदर शर्मा, डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र बितरण गरी पपथ खुवाएका थिए ।

सो अवसरमा तिलौराकोट र मायादेबी साझेदारी वनका पुर्व पदाधिकारीहरुलाई कदर पत्रले सम्मानित समेत गरिएको थियो । सो अवसरमा मन्त्रालयका सचिव घिमिरेले २ बर्ष सम्म रोकिएर अहिले लागु आएको संबृद्धिमाआधारित वन ब्यवस्थापन कार्यबिधिलाई अब चाडो अघि लानु पर्ने बताए ।

उनले संबृद्धिमा आधारित वन ब्यवस्थापनको अनुगमन प्रदेश स्तरीय टीमले समेत गर्ने भएकाले अब पहिलो जस्तो कमजोरी नहुने बताए । उनले सबै मिलेर वनको दिगो ब्यवस्थान गरी मुलुकलाई नै संबृद्ध बनाउनु पर्ने बताए ।

सो अवसरमा डिभिजन प्रमुख सुेबदीले लागु आएको नया कार्यबिधि अनुसार तत्कालै अघि बढेर र साझेदारीको कार्यायोजना र कार्यक्रम तत्कालै पास गरी अघि बढनु पर्ने बताए । उनले मायादेबी साझेदारी अन्र्गत पटना क्षेत्रको वन अतिक्रमणो काम पनि प्रभावकारी ढंगले लैजानु पर्नेमा जोड दिए ।

तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेयको अध्यक्षता, वन अधिकृत खिलराज तमाङको संचालनमा भएको कार्यक्रममा मायादेबी साझेदारी वनका नव निर्वाचित अध्यक्ष दिनेश जैसवाल, पुर्व अध्यक्ष माहोम्द अजित खा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu