Connect with us
Kapilvast Forest

जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना बिचौलिया पक्राउ

२०७९, ११ माघ बुधबारमा प्रकाशित

जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरी आज (बुधबार) सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर बस्ने ३९ वर्षीय दीपक ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो ।

बिचौलिया ठाकुरलाई सेवाग्राहीसँग १५ सय रुपियाँ लिँदै गरेको अवस्थामा सोमबार जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीलाई कार्यालयका कर्मचारीसँग मेरो राम्रो चिनजान छ काम छिटो गराइदिन्छु भन्दै प्रतिव्यक्ति दुईदेखि तीन हजारसम्म असुली गरिरहेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu