Connect with us
Kapilvast Forest

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्रीमा रोक

२०७९, १२ माघ बिहीबारमा प्रकाशित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको हो ।

जसअनुसार गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न नपाइने भएको हो । कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ विज्ञप्तिमा भनिएको छ यसबारे गम्भीर ध्यानाकर्षण भएको छ ।

विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्रीवितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनेसँगै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu