Connect with us
Kapilvast Forest

हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध

२०७९, १२ माघ बिहीबारमा प्रकाशित

जुम्ला – हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए ।

आज जुम्लामा मौसम सफा छ । तर धावन मार्गमा हिउँ जमेकाले आज पनि हाज अवतरण हुन नसकेको श्रेष्ठले बताए । आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।

धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ । नेपाली सेना २४ नम्बर बाहीनीका बाहिनीपति सोवेन्द्रसिंह महत नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् ।

अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरी पनि विमानस्थलमा पुगेका छन् । तीन दिनदेखि हिउँपरेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र परेका छन् । करिब चार वटा जहाँजका यात्रुहरू अहिले नेपालगञ्जमा जुम्ला आउन कुरिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu