Connect with us
Kapilvast Forest

स्वार्थको द्वन्द्वमा नयाँ दल र नेता पनि उस्तै

२०७९, १२ माघ बिहीबारमा प्रकाशित

स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) का घटना नेपालको लोकतन्त्र र विधिको शासन प्रणालीमा एक मुख्य समस्या बन्दै आएको देखिन्छ। सामान्यतः स्वार्थको द्वन्द्व भन्नाले कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले उक्त पद शक्ति र पदमार्फत प्राप्त सार्वजनिक स्रोतसाधनलाई आफ्नो व्यक्तिगत लाभका लागि प्रयोग गर्ने प्रक्रियालाई बुझिन्छ।

यो कसैको निर्णय या काम जिम्मेवारीको मुख्य उद्देश्यसँग मेल नखानु र उक्त व्यक्तिले गरेको काम सार्वजनिक कामको पारदर्शिता र निष्पक्षता कायम नहुनु हो। आफ्नो निजी स्वार्थ र आफूले धारण गरेको सार्वजनिक पदले प्रदान गर्ने उद्देश्य पनि एकै भएर दुरूपयोग हुनु स्वार्थको द्वन्द्व हो।

कतिसम्म भने व्यक्तिले कुनै सार्वजनिक पद धारण गरे बापत पाउने उपहार सार्वजनिक स्वार्थ पूरा गर्ने उद्देश्य बाहेक लिइने मानसम्मान, सत्कार पनि स्वार्थको द्वन्द्वभित्र पर्दछन्। जस्तो कि कुनै पद धारण गरेको व्यक्तिले कुनै स्थानमा गएर विशेष अतिथि भैदिए बापत प्राप्त गर्ने यात्रा सुविधा टिकट सुविधा भोजभतेर जस्ता सामान्य कुराहरू पनि पर्छ ।

पद धारण गरेको व्यक्तिले आफ्ना व्यक्तिलाई जागिर लगाउने या पदको दुरूपयोग गरेर व्यक्तिगत लाभको लागि गरिने धेरैजसो क्रियाकलाप स्वार्थको द्वन्द्वअन्तर्गत पर्छ। स्वार्थका द्वन्द्व सम्बन्धी विविध अध्ययनहरूले हरेक भ्रष्टाचारका घटनाको मुख्य जड तत्व अर्थात् भ्रष्टाचारलाई अवसर दिने क्रियाकलाप नै स्वार्थ बाझिने स्थानमा व्यक्ति या समूहलाई स्थान दिनु हो भनी ठहर गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu