Connect with us
Kapilvast Forest

माओवादी स्थायी कमिटी बैठक दुई बजेसम्म स्थगित

२०७९, १२ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो दुई बजेलाई सारिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक तीन घण्टा पछि सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका कामकारबाही र नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँगको एकताको विषय बैठकको एजेण्डा भएको बताए ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।
अन्य दलहरुसँग वार्तामा ठोस प्रगति नभए पनि नेसपासँग भने छिट्टै एकता गरेर जाने समझदारी बनेको नेताहरु बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu