गाडी बिग्रीएपछि हिउँ पन्छाउने काम रोकियो
हुम्ला- सिमकोट बिमानस्थलमा जमेको हिउँ पन्छाउने काम रोकिएको छ । बिमानस्थलको हिउँ पन्छाउन ब्यवस्था गरिएको गाडीमा आधा हिउँ पन्छाउने काम भइरहेका बेला समस्या देखिएपछि हिउँ फाल्ने काम अधुुरो रहेको हो ।
तारा एयर सिमकोट स्टेशनका सहायक इन्चार्ज नुर्वु लामाले बिमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य रोकिएको बताउनुुभयो । उहाँले बिमानस्थलमा जमेको आधा हिउँ फालेर सकिएका बेला गाडीमा समस्या आएपछि हिउँ फाल्ने काम रोकिएको जानकारी दिनुभयो ।
दुुई दिन लगातार हिमपात हुँदा बिमानस्थलमा दुुई फिट हिउँ जमेको थियो । उहाँले हिउँ पर्न रोकिएपछि बिमानस्थलले हिउँ फाल्न ब्यवस्था गरेको गाडीबाट बिमानस्थलमा जमेको आधा हिउँ पन्छाउँदै गर्दा गाडी बिग्रीएपछि समस्या भएको छ ।
सिमकोट बिमानस्थलले गाडीमा समस्या देखिएपछि हिउँ पन्छाउने काम आधामै रोकिएको जनाएको छ । विमानस्थलका कर्मचारीका अनुसार बाँकी रहेको बिमानस्थलको हिउँ फाल्न पाएको भए शुक्रवारसम्म हवाई सेवा सुुचारु हुनसक्ने अबस्था थियो ।