मोटरसाइकल र टिपर ठोक्किँदा एकको मृत्यु, एक गम्भीर
परासी । भैरहवा-भूमही सडकखण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका१८ बडगाउँका ३० वर्षीय लक्ष्मण चौधरी छन् ।
सोही ठाउँका ३२ वर्षीय बलिराम चौधरीको अवस्था भने गम्भीर छ । उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
परासीबाट भूमहीतर्फ जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाइकल भैरहवातर्फ जाँदै गरेको लु १ ख ५६५८ नम्बरको टिपरको पछिल्लो भागमा ठोकिन पुग्दा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।