पाकिस्तानमा आर्थिक संकट नेपाललाई पाठ
काठमाडौं- राजनीतिक अस्थिरताले घेरिएको पाकिस्तान अहिले आर्थिक रुपमा समस्याग्रस्त छ । अर्थशास्त्रीहरुका अनुसार जलवायु परिवर्तन कोभिड–१९ महामारी युक्रेनमा जारी युद्व विश्वव्यापी आर्थिक मन्दी र मुख्यतः आन्तरिक राजनीतिक अदूर्शिताले पाकिस्तानी अर्थतन्त्रलाई घुँडा टेक्ने अवस्थामा पुर्याएको छ ।
विश्व नै आर्थिक मन्दीतिर लागिरहँदा पाकिस्तानमा देखिएजस्तै समस्या नेपालमा पनि आउने हो कि भन्ने त्रास व्यवसायिक जगतमा बढ्दो छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयम् विश्वव्यापी आर्थिक मन्दीको असरबाट नेपाल जोगिनुपर्ने बताइरहेका छन् ।