जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका ठूला जहाजले रनवे फेर्न नपाउने
काडमाडौं- भीएफआर भिज्युअल फ्लाइट रुल अनुसार जहाज अवतरणका दौरान जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न नपाउने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै वायुयानका लागि यस्तो नियम ल्याएको छ । प्राधिकरणका अनुसार यो नियम छोटो धावनमार्ग भएका पहाड र हिमालका विमानस्थलमा ५ सय फिट तोकिएको छ । अन्य सबै विमानस्थलमा भने सो उचाइ भन्दा तल झरिसकेपछि पाइलटले जहाज अवतरण गराउन पर्नेछ ।