मिलन पाण्डेले राजेश हमाललाई भेटेर सोधे राजनीतिमा आउने सम्भावना छ
काठमाडौं- विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र सोही पार्टीका पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले नायक राजेश हमालसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । साथै संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ ।