Connect with us
Kapilvast Forest

सत्ता साझेदार दलबीच गृहमन्त्री नियुक्तिबारे मतभेद

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ- सर्वोच्च अदालतको आदेशपश्चात् गृहमन्त्रीबाट रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रीबारे सत्ता साझेदार दलबीच मतभेद देखिएको छ। नेकपा एमाले गैरसांसदका रूपमा लामिछानेलाई नै गृहमन्त्री बनाउनुपर्ने दबाब दिइरहेको छ भने नेकपा (माओवादी केन्द्र)ले सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि मात्रै निर्णय गर्ने बताएको छ।

गृहमन्त्रीबारे सत्ता साझेदार दलबीच समझदारी बनाउन उच्चस्तरीय भेटवार्ता बढेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मात्रै चार जना नेतासँग छलफल गर्नुभयो।
गृहमन्त्रीलाई लिएर विवाद बढ्न थालेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित गरेर सत्ता साझेदार दलका प्रमुख दुई नेतासँग छलफल गर्नुभएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu