चहलपहल छ व्यापार छैन
धनगढी- व्यवसायी गणेश पाण्डेयको पसल अत्तरिया बजारस्थित चोकमै छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका प्रवेशद्वार मानिने चोक जहाँ दिनभरि मान्छेको चहलपहल भइरहन्छ । चहलपहल बढ्दो रहे पनि उहाँको व्यापार भने खासै चलेको छैन ।
भाँडाकुँडा र प्लास्टिक सामानका व्यवसायी पाण्डेयले भन्नुभयो कुनै–कुनै दिन त मान्छे हेरेर बसेजस्तो मात्रै हुन्छ ।उहाँले आफूजस्ता साना व्यवसायी मात्रै नभई धेरै लगानी गरेका ठूला व्यापारीले पनि यही समस्या भोगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो पहिले खोकामै पाँच/छ हजारको बिक्री हुन्थ्यो । अहिले व्यापारी बढे, लगानी बढ्यो तर व्यापार बढेको छैन ।