Connect with us
Kapilvast Forest

सांसदको जुहारी सभामुख मौन

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ- मन्त्रीहरूले सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा व्यक्त गरेका विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूबीच जुहारी चलेको छ। संवैधानिक मूल्य–मान्यताप्रति मन्त्रीहरू जवाफदेही नभएको भन्दै सत्तापक्षकै सांसदले दोहोरी खेल्दा सभामुख देवराज घिमिरे भने मौन बस्नुभएको छ।

चालू अधिवेशनमा पहिलो पटक शून्य र विशेष समय बुधबारदेखि प्रारम्भ भएको हो। विशेष समय सुरुवात भएकै दिन बैठक सञ्चालनको सुशासनमा प्रश्न उठेको छ। माघ १० गते राष्ट्रिय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्मा रहेर सङ्घीयताविपरीत मन्त्रीहरूले दिएका अभिव्यक्ति स्पष्टीकरणका विषय भएको बताउनुभएको थियो ।

तर भोलिपल्टै सहरी विकासमन्त्री विक्रम पाण्डेले चितवनमा प्रधानमन्त्रीको भनाइविपरीत अभिव्यक्ति दिएको भन्दै नेकपा (एमाले)का सांसद रघुजी पन्तले बुधबार सदनमा विषय प्रवेश गराउनुभएको थियो। संविधानको आधारभूत विषय र संविधानले तोकेको उत्तरदायित्वविपरीत हुने गरी मन्त्री र प्रधानमन्त्रीको वक्तव्यबाजी भएकोमा पन्तले सदनको ध्यानाकर्षण गराउनुभएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu