कालिन्चोकमा आगलागी हुँदा नौ घर नष्ट
चरीकोट- दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् । गएराति गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी नौ घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।
आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाईं, दुर्गा दाहाल, चित्रप्रसाद सेढाईं, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपिलाल थामी, रामबहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।