स्वस्थानी मातेश्वरी साँखु मेलाको रौनक
काठमाडौं- काठमाडौंको रत्नपार्कबाट करिब १५ किमि पूर्व साँखु बजारदेखि केही दुरीमा रहेको तिर्थस्थल शाली नदी किनारमा रहेको निकै नै कलात्मक शैलीको स्वस्थानी मातेश्वरीको मन्दिर रहेको छ ।
मन्दिरको गर्भगृहमा कालो पथ्थरको निकै नै आकर्षक र कलात्मक शैलीको स्वस्थानी मातेश्वरीको मूर्ति छ । स्वस्थानी ब्रत प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमाका दिन साङ्गे गरिन्छ ।
यस अवधिमा घर घरमा ब्रतालुहरु स्थास्थानी कथाको वाचन गर्ने गर्दछन् । स्वास्थानी कथामा ७० वर्ष उमेरका शिवशर्मा नामक ब्राह्मणसंग सात बर्षकी गोमादेवीको विवाह भएको र तिनीहरुबाट नवराज भन्ने एक पुत्र जन्मेका थिए ।
स्थास्थानी मातेश्वरीको कृपाले उनी रावण्य देशको राजा भएको, तर उनकी रानी चन्द्रावतीले भने स्वस्थानी मातेश्वरीको अपहेलना गरेको कारणबाट शाली नदीमा खसी कुष्ठ रोग लागी हात खुटटा झरेर दुःख कष्ट पाएर त्यहाँ शिलारुप भइरहेकी र पछि यिनै मातेश्वरीको पूजा आराधनाले रोग निको भई त्यसपछि लावण्यदेश पुगी रानी भएको कथन रहेको छ ।