Connect with us
Kapilvast Forest

फरक फरक वर्षमा निर्वाचन गर्न सुझाव

२०७९, २१ माघ शनिबारमा प्रकाशित

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन फरक फरक वर्षमा गर्नुपर्ने सुझाव दिनुभएको छ। उहाँले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एकै चरणमा र एकै दिन हुँदा प्रादेशिक एजेन्डा ओझेलमा परेको तर्क गर्दै उक्त सुझाव अगाडि सार्नुभएको हो।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको निर्वाचन समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो चारवटा मतपत्र र चारवटा मतपेटिका हुँदा दुई–तीन प्रकारका समस्या अनुभव ग-यौँ।

प्रदेश सभाको कार्यसूची नै ओझेलमा प-यो र बदर मतसमेत बढ्यो। उहाँले कानुनमा थप व्याख्या गरेर एक वर्ष स्थानीय तहको निर्वाचन, अर्को वर्ष प्रदेश सभा र तेस्रो वर्ष प्रतिनिधि सभाको निर्वाचन गर्न बहस चलाउनुपर्ने बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu