समाजवादी विद्यार्थी युनियनको प्रदेश अध्यक्षमा पंकज चयन
कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन नेपालको लुम्बिनी प्रदेश भेला कपिलवस्तुको चन्द्रौटामा रहेको केलियो होटलमा सम्पन्न भएको ।
बैठकले विद्यार्थी युनियनको प्रदेश समिती गठन गरेको छ ।समाजवादी विद्यार्थी युनियन नेपालको केन्द्रिय सचिव पंकज यादवको र जसपा नेपाल अध्यक्ष अशोक यादवको अतिथ्यतामा भएको हो ।
भेलाले पंकज यादवको अध्यक्षतामा ३१ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गरेको छ । जसमा उपाध्यक्ष बिबेकराज भट्टराई,पुजा यादव,राजु यादव मुख्य सचिवमा मो. ईरफान मन्सुरी र सचिवमा बसन्त प्रकाश यादव रहेका छन ।
