Connect with us
Kapilvast Forest

पुरानो बानेश्वरमा बाबु छोरी मृत फेला

२०७९, २२ माघ आईतवारमा प्रकाशित

काठमाडौं- काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।हरी वृत्त बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनको भनाइ छ ।

बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।

घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu