Connect with us
Kapilvast Forest

प्रजातन्त्र दिवस मूल समारोहको बैठक

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

काठमाडौं- हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको छ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले विभिन्न कार्यक्रमको बारेमा छलफल गर्नेछ ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट जहानियाँ निरङ्कुश राणाशासनको अन्त्य गर्दै लोकतन्त्रको प्रक्रियामा अघि बढेको ऐतिहासिक दिन फागुन ७ गते हो । आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व छ ।

२००७ सालको सङ्घर्षबाट नै मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणाशासन अन्त्य भई प्रजातान्त्रिक राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj