Connect with us
Kapilvast Forest

दुर्घटना कुरिरहेका सार्वजनिक पूर्वाधार

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- १४ माघ २०७९ साँझ धनकुटा नगरपालिका-६ स्थित तल्लो टुँडिखेलमा एभोकाडो एवं पाँचौं धनकुटा महोत्सवमा गायक प्रमोद खरेल कन्सर्ट गर्दैथिए । तर कार्यक्रम स्थलमा भीड यति बढ्यो कि गेटबाट भित्र प्रवेश गर्न खोजेकाहरू एकापसमा ठेलमठेल गर्न थाले । एकाएक भीड अनियन्त्रित भएर भागदौड मच्चियो । एकै छिनमा भीडले कुल्चिएर ३० व्यक्ति घाइते भए ।

कसैले पनि ज्यान गुमाउनु परेन तर अझै दुई जना उपचारकै क्रममा अस्पतालमा छन् । घटनाबारे प्रारम्भिक अनुसन्धान गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाले प्रक्षेपण गरिएभन्दा बढी व्यक्ति कार्यक्रममा आएपछि समयमै गेट नखुल्दा घटना हुन पुगेको निष्कर्ष निकालेको छ ।

भीड ठूलो थियो ठेलमठेल भएपछि घटना भयो गेट अर्को पनि थियो तर भित्र स्टलहरूका कारण खाली ठाउँ धेरै नभएकाले घटना हुन पुग्योे धनकुटाकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे भन्छिन् थप गेट र भित्र पर्याप्त स्पेस भएको भए घटना हुँदैनथ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu