Connect with us
Kapilvast Forest

चितवनमा एक वर्षमा २२४ फरार प्रतिवादी समातिए

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लो एक वर्षमा प्राप्त उपलब्धिहरूलाई सार्वजनिक गरेको छ । प्रहरी प्रमुख नवराज अधिकारीले एक वर्षको अवधिमा स्थानीय, प्रदेश र संघ गरेर तीनै तहको निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्नेदेखि राजश्व असुली, अपराध रोकथाम, नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीले सफलता हासिल गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएर जानुअघि पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले कार्यालयले प्राप्त गरेका उपलब्धीसहितको तथ्यगत विवरण सार्वजनिक गरेका हुन् ।

अपराधीहरूले चितवनलाई विभिन्न नाममा ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गरेर अपराध गर्ने विगतका घटनाहरूको विष्लेषण गरेर अपराध नियन्त्रणमा आशातित सफलता हात पारेको एसपी अधिकारीले बताए ।

उनले जिल्लामा भएका कतिपय जघन्य अपराधका घटनामा तत्काल अनुसन्धान गरेर अपराधी पक्राउ गर्न सफल भएको बताए । चितवन प्रहरीले चारवटा ट्रकमा भन्सार छलेर चोरी पैठारी गरेर ल्याएको तीन करोड उन्नपचास लाख बयासी हजार पाँच सय वाह्र रुपैयाबराबरको अवैध कपडा, मालसामान एवम् सवारी साधनसहित ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगञ्ज पठाएको विषयलाई उपलब्धिमा समेटेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu