Connect with us
Kapilvast Forest

साना चार कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा बनाउने सहमति

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- साना चार कम्युनिष्ट पार्टीबीच पार्टी एकता एवम् ध्रुवीकरण गर्ने निर्णय भएको छ। शुक्रबार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्वनगरमा बसेको संयुक्त बैठकले नेपालको कम्युनिष्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवम् ध्रुवीकरणका लागि सहमति जुटेको जनाइएको छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र कर्णजित बुढाथोकी सुशील नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गरिने जनाइएको छ। यसका लागि आगामी फागुन १५ गते बैठक बसेर निर्णय लिइने विज्ञप्तिमा उल्लेख छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu