Connect with us
Kapilvast Forest

सत्ता गठबन्धन तत्काल भत्किँदैन

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

धनगढी- नेकपा एकीकृत समाजवादी का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताउनुभएको छ।

मङ्गलबार धनगढीमा आयोजित गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भन्नुभयो मैले अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन।

राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उहाँको आग्रह छ। उहाँले भन्नुभयो राष्ट्रपतिको निर्वाचन भनेको महत्त्वपूर्ण एजेन्डा हो।

यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दूरदर्शिताका साथ संविधानको मर्म हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनुपर्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu