Connect with us
Kapilvast Forest

जनकपुर-जयनगर रेलबाट भारतीय कम्पनी विदा नगर्न दबाव

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

मंगलबार भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा जयनगर-जनकपुर (कुर्था) रेल सञ्चालनको म्याद थप गर्न अनुरोध गरे । नेपालमा अब भारतीय कम्पनीलाई रेल्वे सञ्चालनको जिम्मा नदिने गृहकार्य भइरहेका बेला विदेश सचिवले नै महत्वका साथ सम्झौता नवीकरणको विषय उठाउनुलाई अर्थपूर्ण मानिएको छ ।

सरकारसँगको सम्झौताका आधारमा जयनगर-कुर्था रेलको सञ्चालन भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसन लिमिटेड -केआरसीएल) ले गर्दै आएको छ । कोंकणसँगको सम्झौता गत डिसेम्बर अन्तिममा ३ महिनाका लागि नवीकरण भएको थियो । सम्झौता अवधि सकिन करिब डेढ महिना बाँकी रहँदा भारतीय विदेश सचिव क्वात्राले फेरि म्याद थपका लागि सरकारसँग अनुरोध गरेका हुन् ।

सरकारले वाषिर्क करिब ४८ करोड रुपैयाँसम्म खर्चने गरी कोंकणसँग रेल सञ्चालनको सम्झौता गरेको छ । सम्झौताअनुसार पूर्ण क्षमतामा रेल सेवा सञ्चालन भएमा नेपालमा लाग्ने कर कटाएर करिब ३५ करोड रुपैयाँ भारतीय कम्पनीले लैजान सक्छ । पूर्ण क्षमतामा रेल सञ्चालन नभएकाले करिब आधा मात्रै खर्च भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

भारतलाई जिम्मा दिंदा सञ्चालन लागत उच्च दरमा बढेको भन्दै गत डिसेम्बरअघि नै सम्झौता नवीकरण नगर्ने सरकारको योजना थियो । तत्कालीन यातायात सचिव गोपाल सिग्देलले सम्झौता नवीकरण नहुने भन्दै आफैंले चलाउने गरी तयारी थाल्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिएका थिए ।

तर, भारतीय पक्षले सम्झौता नवीकरणमा दबाब दिएपछि सरकार अडानमा टिक्न सकेन । नयाँ सरकार बनेर यातायात मन्त्रालयमा नयाँ मन्त्री नआउँदै कोंकणसँगको सम्झौताको म्याद ३ महिनाका लागि थप भयो । अब यो समय पनि सकिन लागेपछि फेरि भारतीय पक्षले दबाव सिर्जना गर्न थालेको छ ।

रेल चलाउन अहिले भारतीय कम्पनी कोंकणका १७ जना प्राविधिक नेपालमा छन् । रेल चलाउने ड्राइभर, रेलको दूरसञ्चार हेर्ने प्राविधिक र स्टेसन मास्टरसहितका पदमा कोंकणले पठाएका कर्मचारीहरु छन् । यसअघि २६ जना भारतीय कर्मचारी रहेकोमा नेपालले ९ जनालाई विदा गरिसकेको छ ।

नेपालले भारतबाट आफैंले दक्ष जनशक्ति ल्याएर भए पनि रेल चलाउने योजना बनाएपछि भारत सरकारले असुन्तुष्टि जनाइरहेको छ । उसले नेपालसँग रेल चलाउने दक्षता नभएको भन्दै हतारमा निर्णय नलिन आग्रह गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu