ढोरपाटनमा शिकारका लागि प्रस्ताव आह्वान
काठमाडौं- आगामी सिजन २०७९ फागुन–२०८० वैशाख का लागि ढोरपाटनमा शिकार गर्न इच्छुकबाट प्रस्थाव आह्वान भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट शिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो ।
विभागका अनुसार ढोरपाटन शिकार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर झारल र बनेलको शिकार गरिने भएको छ । यसका लागि व्यक्ति तथा संघ संस्थाले निवेदन दिन सक्ने विभागले जनाएको छ ।