Connect with us
Kapilvast Forest

सरकारले पुनः स्थापनामा ठोस पहल नगरेको हरवाचरवाको आरोप

२०७९, ५ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- दासदासी जीवनबाट मुक्त भएका कमैया, हलिया, कम्लरी र हरवाचरवा प्रथाबाट पीडितहरूले सरकारले मुक्त घोषणापछि पुनः स्थापनामा ठोस पहल नगरेको आरोप लगाएका छन् । फरक–फरक समयमा आफूहरू मुक्तिको घोषणा भए पनि जीवन निर्वाहको विषयमा सरकारले ठोस पहल नलिएको उनीहरूको सामूहिक गुनासो छ ।

लामो समयदेखि जीवन बाँच्ने सङ्घर्ष गर्दा पनि सरकारले प्रतिबद्धताबमोजिम पुनः स्थापनाको काम नगरेको उनीहरूले पीडा पोखे । पूर्वदेखि पश्चिमसम्मका मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाहरूले साझा पहलमा कृषि बाधा मजदुर सङ्घर्ष समिति नै गठन गरेर सङ्घर्षरत छन् ।

समितिले काठमाडौंमा कार्यक्रम गरी दश बुँदे माग सार्वजनिक गरेको छ । विगतमा गरेको घोषणा र प्रतिबद्धता पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । सुदूरपश्चिममा थारु समुदायमा व्याप्त कमैया प्रथा मुक्तिको घोषणा भएको २२ वर्ष बितिसकेको छ । त्यस्तै, कमलरी प्रथा पनि यहाँ विद्यमान छ । सरकारले मुक्त घोषणा गरे पनि पुनः स्थापना नगरेको उनीहरूको आरोप छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu